KhabarUjyalo

निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक

२९ भाद्र २०७९, बुधबार
निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको नतिजा सार्वजनिक

काठमाडौ : शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक भएको छ । गत साउन २८ गते लिइएको लाइसेन्स परीक्षाको नतिजा बुधबार साँझ सार्वजनिक गरिएको हो । १ लाख ८१ हजार ५६९ जनाले परीक्षा दिएकोमा ३३ हजार १५८ जना मात्रै उत्तीर्ण भएको  शिक्षक सेवा आयोगले जनाएको छ । 

शिक्षक सेवा आयोगका अनुसार प्रदेश नम्बर १ बाट  ३१ हजार ६८८ जनाले परीक्षा दिएकोमा ६ हजार ४१९ जना अर्थात्  २०.२६ प्रतिशत उत्तीर्ण भएका छन् । त्यस्तै मधेस प्रदेशमा २५ हजार ८१ जनाले परीक्षा दिएकोमा २ हजार ६५७ जना अर्थात् १०.५९ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । बागमती प्रदेशमा २६ हजार २८२ जनाले परीक्षा दिएकोमा ६ हजार ५१९ जना अर्थात् २४.८० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । 

गण्डकी प्रदेशमा १७ हजार ७६ जनाले परीक्षा दिएकोमा ३ हजार ७५१ जना अर्थात् २१.९७ प्रतिशत उत्तीर्ण भएका छन् भने लुम्बिनी प्रदेशमा ३५ हजार १७३ जनाले परीक्षा दिएकोमा ७ हजार ३०५ जना अर्थात् २०.७७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । त्यस्तै, कर्णाली प्रदेशमा २४ हजार ६१३ जनाले परीक्षा दिएकोमा ३ हजार २४४ जना अर्थात् १३.१८ प्रतिशत मात्रै पास भएका छन् । सुदूरपश्चिम प्रदेशमा २१ हजार ६५६ जनाले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको परीक्षा दिएकोमा ३ हजार २६३ जना अर्थात् १५.०७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको शिक्षक सेवा आयोगले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo