धनगढी : कैलालीको गोदावरी नगरपालिका २ स्थित तेघरीमा मोटरसाइकल दुर्घटनामा परी एक जना घाइते भएका छन् ।
गोदावरी नगरपालिका २ का ३२ बर्षिय पदम भट्ट(दिनेश) घाइते भएका हुन् ।
उनले चलाएको से ५प ६७२२ नम्बरको मोटरसाइकल गाईसंग ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
घाइते भट्टलाई उपचारका लागि पद्मा अस्पताल पठाएको र पद्मा उपचार हुन नसकेपछि धनगढीस्थित माया मेट्रो अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।
