KhabarUjyalo

कञ्चनपुरमा दुई जना मृत फेला

२९ भाद्र २०७९, बुधबार
कञ्चनपुरमा दुई जना मृत फेला

कञ्चनपुर – कञ्चनपुरका छुट्टाछुट्टै स्थानमा २ जनाको शव फेला परेको छ ।

भीमदत्त नगरपालिका–१३ बिरचौराह बस्ने ६५ वर्षीय धर्मानन्द जोशीको शव आफ्नै घरपछाडी पानीको नहरमा फेला परेको छ। बुधबार बिहान डुबेर उनको मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यस्तै बेलौरी नगरपालिका–३ खिरियाकी ६० वर्षीया धनुमाया देवीसिंह पनि घर नजिक पानीको नालामा बुधबार मृत अवस्थामा फेला परेकी छन्। मंगलबार साँझदेखि हराएकी उनको खोजी गर्ने क्रममा उक्त नालामा शव फेला परेको हो।

उनको पनि डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले जानकारी दिएको छ। दुवै घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo