KhabarUjyalo

बच्चा चोरेको आरोपमा चार जना साधु कुटिए

२९ भाद्र २०७९, बुधबार
बच्चा चोरेको आरोपमा चार जना साधु कुटिए

काठमाडौ : नेपालमा बच्चा चोरहरू आएको अफवाह फैलिरहेका बेला छिमेकी भारतमा पनि त्यस्तै अफवाहका कारण चार जना साधुहरूमाथि आक्रमण भएको छ।एनडिटिभीका अनुसार मंगलबार महाराष्ट्रको सांगली जिल्लामा उत्तर प्रदेशबाट गएका चार जना साधुहरूलाई बच्चा चोरको आरोपमा भीडले कुटपिट गरेको हो।

ती साधुहरूले एक जना बच्चालाई पन्धानपुर जाने बाटो सोधेका थिए। केही समयपछि स्थानीयले एउटा पसलको अगाडि उनीहरूलाई लठ्ठीले हानेका थिए।उक्त घटनाको भिडिओ अहिले भाइरल भएको छ।प्रहरीले घटनाबारे औपचारिक उजुरी नआएको भए पनि भिडिओको अनुसन्धान सुरू भएको बताएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo