धनगढी : कुमारी बैंक लिमिटेडका ग्राहकहरुले कैलालीको धनगढी स्थित नवजीवन अस्पतालमा उपचार गराउँदा विभिन्न सेवामा छुट पाउने भएका छन् । ग्राहकहरुले उक्त छुट पाउन डेबिट÷क्रेडिट कार्ड तथा कुमारी स्मार्ट बाट बिल भुक्तानी गर्नुपर्ने छ ।
बैंक र अस्पतालले छुटदिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्दै ओपिडी, ल्याव, युएसजी, ईको, आईसियु, एनआईसियु, डायलासिस लगायत विभिन्न सेवाहरुमा १० प्रतिशत देखि १४ प्रतिशतसम्मको छुट उपलब्ध हुने जनाइएको छ । कुमारी बैंकले देशैभरी १९८ शाखा, १९५ एटिएम, ५० शाखारहित बैंकिङ सेवा केन्द्र तथा २४ वटा बिस्तारित काउन्टरमार्फत बैंकिङ सेवा दिईरहेको छ ।
