KhabarUjyalo

डडेल्धुरामा पनि फैलियो डेंगी

२८ भाद्र २०७९, मंगलवार
डडेल्धुरामा पनि फैलियो डेंगी

डडेल्धुरा । डडेल्धुराका ५ स्थानीय तहमा डेंगी फैलिएको छ। स्वास्थ्य कार्यालयका अनुसार जिल्ला सदरमुकाम रहेको अमगरढी नगरपालिका, अजयमेरु गाउँपालिका भागेश्वर, गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा डेंगीका बिरामी फेला परेका हुन्। जिल्लाको पर्शुराम नगरपालिका र आलिताल गाउँपालिकामा भने डेंगीको संक्रमण छैन।


कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक हरिप्रसाद भट्टका अनुसार अहिलेसम्म डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा २८ जनामा डेंगी देखिएको छ। २८ जनामध्ये १६ जना डडेल्धुराका छन् भने बाँकी ९ जना बैतडी र ३ जना डोटीका छन् । उनका अनुसार डडेल्धुरामा सबैभन्दा बढी अमरगढी नगरपालिकामा ९ जनामा डेंगी देखिएको छ।

भागेश्वर गाउँपालिकामा ३, गन्यापधुरा र नवदुर्गामा २÷२ तथा अजयमेरु गाउँपालिकामा एक जनामा डेंगी देखिएको भट्टले बताए।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo