KhabarUjyalo

बार्सिनोलानाको लज्जास्पद हार

१४ आश्विन २०७८, बिहीबार
बार्सिनोलानाको लज्जास्पद हार

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग  फुटबलमा स्पेनिस क्लब बार्सिनोलानाले लज्जास्पद हार ब्यहोरेको छ । बुधबार राति भएको खेलमा १० खेलाडीमा सीमित बार्सिलोना बेन्फिकासँग ३–० गोल अन्तरले पराजित भएको हो । 

बेन्फिकाको जितमा डार्विन नुनेजले २ तथा राफा सिल्भाले १ गोल गरे । बार्सिलोनाविरुद्ध बेन्फिकाले पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल थपेको थियो । घरेलु टोली बेन्फिकाले खेलको तेस्रो मिनेटमा नै डार्विन नुनेजको गोलबाट अग्रता लिएको थियो । उनले जुलियन वेगलको पासमा गोल गरेका थिए । 

६९औं मिनेटमा राफा सिल्भाले जोओ मारियोको पासमा गोल गर्दै बेन्फिकाको अग्रता दोब्बर पारे । ७९औं मिनेटमा डार्विन नुनेजले पेनाल्टीमा गोल गर्दै बेन्फिकाको जित पक्का गरे । 

खेल सकिन तीन मिनेट बाँकी रहँदा एरिक गार्सिया दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोनाको जित टाढिएको थियो ।
बेन्फिकाले पहिलो जित निकालेको हो । बेन्फिका पहिलो खेलमा डिनामो किएभसँग गोलरहित बराबरी खेलेको थियो । च्याम्पियन्स लिगमा बार्सिलोनाको यो दोस्रो हार हो । यसअघि बार्सिलोनाले बायर्न म्युनिखसँग ३–० कै हार बेहोरेको थियो ।

यो जितसँगै बेन्फिका समूह  ‘ई’ मा दुई खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । दोस्रो जितसँगै बायर्न शीर्षस्थानमा रहँदा बेन्फिका १ अंक जोडेर तेस्रो स्थानमा छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo