KhabarUjyalo

प्रधानमन्त्रीको निजी सचिवालयमा भट्ट नियुक्त

१२ आश्विन २०७८, मंगलवार

प्रधानमन्त्रीको निजी सचिवालयमा स्वास्थ्य विभागका  जनस्वास्थ्य  अधिकृत दीपकराज भट्ट नियुक्त भएका छन्। २०७८ असोज १२ काे पत्रअनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयकाे निजी सचिवालयमा नियुक्त भएका हुन् ।

उनी नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय महासचिव तथा नेपाल स्वास्थ्य व्यवसायी परिषद्का पूर्वरजिस्ट्रार हुन्। उनलाई स्वास्थ्य सचिवस्तरीय निर्णयबाट काम काज गर्न प्रधानमन्त्री कार्यालयमा खटाइएको हाे ।

स्वास्थ्य मन्त्रालयका स्रोतका अनुसार उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि काजमा पठाइसकेको छ।  सुदूरपश्चिमका उनले यसअघि कोरोना महामारी नियन्त्रण समितिको विज्ञ समितिमा रहेर पनि काम गरेका थिए।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo