धनगढी : धनगढीस्थित सेती अस्पतालमा शुक्रबार राति उपचारका क्रममा सुर्य मानन्धर मृत्यु भएको घटना बारे अनुसन्धानका लागि एक युवतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ का २६ वर्षीय युवक मानन्धरको मृत्यु भएपछि अनुसन्धानका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका तीन जना मृतक मानन्धरसङ्गै लागुऔषध प्रयोगकर्ता हुन्।