KhabarUjyalo

दुलहीको घरतर्फ जाँदै गरेको जन्तीमाथि चट्याङ पर्दा १७ जनाको मृत्यु

२१ श्रावण २०७८, बिहीबार
दुलहीको घरतर्फ जाँदै गरेको जन्तीमाथि चट्याङ पर्दा १७ जनाको मृत्यु

काठमाडौँ – बंगलादेशमा विवाह गर्न दुलहीको घरतर्फ जाँदै गरेको जन्तीमाथि चट्याङ पर्दा १७ जनाको मृत्यु भएको छ । तटीय क्षेत्र शिवगंजमा जन्तीहरु डुंगाबाट उत्रिएर नदी किनारमा रहेको बेहुलीको घरतर्फ जाँदै गर्दा चट्याङले भेटेको थियो ।

घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएका छन् । प्रत्यक्षदर्शीका अनुसार एकैपटक थुपैं चट्याङ खसेको थियो ।

सन् २०१६ को मे महिनामा पनि बंगालादेशमा एकै दिन चट्याङ लागेर ८२ जनाको मृत्यु भएको थियो । उक्त महिनाभर चट्याङबाट ज्यान गुमाउनेको संख्या २ सय नाघेपछि सरकारले चट्याङलाई प्राकृतिक विपती घोषणा गरेको थियो । बंगलादेशमा हरेक वर्ष चट्याङले ठूलो जनधनको क्षति हुने गरेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo