KhabarUjyalo

श्रीमानलाई थाहा नहुने श्रीमतीका ५ गोप्य कुरा

२० श्रावण २०७८, बुधबार
श्रीमानलाई थाहा नहुने श्रीमतीका ५ गोप्य कुरा

काठमाडौं । भनिन्छ, पतिपत्नीबीच कुनै पनि कुरा लुकेको हुदैन । आफूले भोगेका तीता-मिठा सबै अनुभव साटासाट गर्दछन् । उनीहरुले एकअर्काका दुःख सुख साट्ने गर्दछन् र समस्यामा भएमा एकअर्कालाई सहयोग गर्दछन् भन्ने मान्यता हाम्रो समाजमा रहेको पाइन्छ । तर कुनै कुनै कुरा यस्ता हुन्छन् जसलाई उनीहरुले एकअर्कालाई कहिल्यै भन्दैनन् । त्यस्तै हरेक महिलाले आफ्नो पतिबाट लुकाएर राख्ने केही कुरा छन् ।

के के हुन् त ती कुरा ?
१. प्रायः पुरुषले आफ्नो पहिलो प्रेमबारे पत्नीलाई भनिहान्छन् तर महिलाले आफ्नो पहिलो प्रेमबारे पतिलाई भन्दैनन् । अझैपनि पहिलो प्रेमीको कहिलेकाहीं याद आउने वा उ अझैपनि आफ्नो मुटुमा रहेको जस्ता कुरा महिलाले आफ्नो पतिसँग भुलेर पनि गर्दैनन् । २. महिलासँग कैयौं नीजि तथा गोप्य कुराहरु हुन्छन् । अनौठो के भने त्यस्ता गोप्य वा नीजि विषयबारे नजिकको साथीलाई भन्छन् तर पतिलाई कुनै हालतमा भन्दैनन् ।

३. कुनैपनि विषयमा पतिपत्नीबीच एउटै मत हुदैन । आफ्नो पतिले भनेको कुरालाई मन नपरेपनि पत्नीले बाहिरीरुपमा स्विकारेका हुन्छन् । आफ्नो कुरालाई मनैमा लुकाएर राख्दछन् । फरक मत राख्दा झगडा हुने सोचेर प्रायः महिलाले यस्तो गर्ने गरेको पाइन्छ ।
४.महिलाले आफ्नो पतिलाई नभन्ने अर्को विषय पनि छ । त्यो भनेको रोग हो । आफू के कारणले विरामी भएको वा कुन रोग लागेको छ भनेर पतिलाई भन्दैनन् । रोगबारे भन्दा पतिलाई तनाव हुने सोचेर यसलाई लुकाएर राख्ने गर्दछन् ।

५. घरेलु प्रयोजनका लागि सरसामान किन्दा बचेको पैसालाई महिलाले निकै जतन गरेर राख्दछन् । यस्तो पैसालाई गोप्य तथा सुरक्षितसाथ राख्दछन् । तर पतिलाई यसबारे कहिल्यै पनि थाहा हुदैन । आवश्यक परेको बेला भने पतिलाई त्यही पैसाले सहयोग गर्दछन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo