KhabarUjyalo

कार्यसम्पादनमा डडेल्धुरा प्रशासन देशभरमै उत्कृष्ट ११ नम्बरमा

२३ श्रावण २०८१, बुधबार
कार्यसम्पादनमा डडेल्धुरा प्रशासन देशभरमै उत्कृष्ट ११ नम्बरमा

धनगढी । कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले ९६.४३७५ अंक ल्याएर देशभरमा उत्कृष्ट ११ मा परेको छ ।

गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१मा गरेको कामका आधारमा गरेको मूल्यांकनमा १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ भन्दा बढी अंक पाएका छन् ।

रुपन्देहीसहित पाल्पा, बाग्लुङ, रुकुम पश्चिम, मकवानपुर, पर्वत, गुल्मी, तेह्रथुम र सोलुखुम्बु उत्कृष्ट १०को सूचीभित्र परेका छन् । डडेल्धुरा जिल्ला प्रशासन उत्कृष्ट ११ को सुचिमा परेको छ । सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्येमा डडेल्धुरा जिल्ला प्रशासन पहिलो बनेको छ ।

शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वय र आर्थिक प्रशासन अन्तर्गत ६८ वटा परिसूचकका आधारमा गृह मन्त्रालयले कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo