KhabarUjyalo

एसिया कप : पाकिस्तानसँग नेपाल २३८ रनले पराजित

१३ भाद्र २०८०, बुधबार
एसिया कप : पाकिस्तानसँग नेपाल २३८ रनले पराजित

काठमाडौँ- एसिया कपको उद्घाटन खेलमा नेपाल २३८ रनले पराजित भएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले नेपाललाई जितका लागि ३४३ रनको विशाल लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रेको नेपाल २३.४ ओभरमा १०४ रन मात्र बनाउन सक्यो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ तथा आरिफ शेखले २६ रनको योगदान दिए।

त्यस्तै गुल्शन झाले १३ रन बनाउन बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालले समूह चरणकाे अर्काे खेल साेमबार भारतसँग खेल्नेछ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo