KhabarUjyalo

कविता: बडो अझिब छ म भित्र को म !

८ भाद्र २०७९, बुधबार
कविता: बडो अझिब छ म भित्र को म !

न आफैले आफैलाई चिन्न सके न अरुलाई मेरो अस्तित्व चिनाउन सके ।

कस्तो अचम्म यो समय पनि
समयका हरेक समयमा म आफैलाई निहाल्दै बस्न थालेछु ,
न म तिमीले भने जस्तो बन्न सक्छु अनि तिमी मैले भनेको जस्तो।
त्यसैले बडो अझिब छ म भित्र को म।।

तिमी हुँदै गर्दा मेरो म हुन सकिन तिम्रो,
जीवनले कुन मोडमा पुर्‍याई दियो
हो म तिमीलाई प्रेम गर्छु तर म तिम्रो हुन सक्दिन,,
येस्तै छ म भित्र को म।।

सुनेको होलाऊ नी है ,
मुनाको याद मा मदन सकिएको
हो म तिम्रो यादमा आफै भित्र सकिएको छू।

हेरन येस्तै छ म भित्र को म।।।

दिपक रेग्मी, सुर्खेत

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo