म कवि त नहुँला
तर इच्छाको कलम नै मेरो अस्त्र हो।।
हाथमा कापी र कलम सधैँ साथ नहोला
तर मेरा मनको किताब नै मेरो शास्त्र हो।।
म कवि त नहुँला
किनकि मलाई मिठा हरफहरु झट्ट लेख्न आउँदैन ।।
तर म लेखक हुँ
त्यसैले मनमा खेलिरहेका भाव समेट्न संकोच पनि हुँदैन।।
म कवि त नहुँला
तर लेखन नै मेरो अभ्यास हो।।
मेरा शब्द जटिल र गहकिला नहोला
तर नयाँ कृति रच्नु नै मेरो प्रकृति हो।।
सुगन्धा आचार्य
