KhabarUjyalo

गजल !

२९ श्रावण २०७९, आईतवार
गजल !

छोरो परदेश लाग्यो मन भारी बनाएर।
बस् भन्दा मानिन करेसाबारी बनाएर।

सोच्या थिएँ तिमीलाई आँखामै राख्छु,
यी परेलीहरुको शितल,छहारी बनाएर।

किन इन्कार गर्छौ यो मेरो सद्भावलाई,
राख्ने थिएँ दिलमा कार्यकारी बनाएर।

भारी बिसाउलान् भनेर छोरा नातिले,
हजुरबुबा बित्नु भयो चौतारी बनाएर।

जबाफ खोज्दै छु म तिम्रो मौनताबाट,
अझ धेरै तिमीलाई जिम्मेवारी बनाएर।

यो नदी कहिलेसम्म बग्ने होला यसरी,
मलाई वारि र तिमीलाई पारि बनाएर।

डी. बी. पुन
जोरायल, डोटी

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo