एक जिउदो लास छ
जो नियाल्दै छ
आफ्ना टुक्रिएका
सपनाका अङ्गअङ्गलाई
थाहा छैन
यो मस्तिष्कले
किन चाल गर्न छोड्यो
टुक्रिएका सपना
फेरि जोड्नु पर्छ
यत्ती सम्म पनि मस्तिष्कले
चाल दिएन यो
एक जिउँदो लासलाइ
सायद अब चेतना
दिनुको कुनै औचित्य देखेन
यो मस्तिष्कले पनि
टुक्रिएका सपनालाई
दागबत्ती दिदै गर्दा
निकै भिडभाड थियो
सायद केही रोमाञ्चक
लाग्दै थियो मेरा प्रियजनहरुलाइ
जसले यी सपना टुक्राउनमा
अन्तर हृदय देखि कुनै कसुर
बाकी रहन दिनु भएको थिएन
हर्षले गदगद हुँदै थियो
मेरो यो कठोर हृदय
त्यो भिडभाड देखेर
गोहिले आहारा
खाएपछी बगाए झै
ती प्रियजनका नयनबाट
खसेका प्रत्येक गोललाइ
आफ्नै हातले पुछ्दै
यति धेरै सहयोग हौसला अनि प्रेमका
लागि हृदय देखि आभार व्यक्त
गर्न निकै चाहाना थियो
तर अफसोस
म त भर्खरै सपना टुक्रिएर
ती सपनालाइ बेहोसिमै
दागबत्ती दिदै गरेकी
एक जिउदो लास थिए।
