KhabarUjyalo

भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा

२६ श्रावण २०७९, बिहीबार
भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अभिनेता केसी विकास बोर्डको अध्यक्ष नियुक्त हुन अयोग्य भएको दाबी गर्दै बिहीबार उनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि स्नातक उतीर्ण हुनुपर्ने भए पनि केसीले प्रमाणपत्र तह मात्र उतीर्ण गरेकाले भन्दै नियुक्ति बदरको माग गरेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहितलाई विपक्षी बनाइएको रिटमा उनको नियुक्ति खारेजीको माग गरिएको छ ।

साउन ९ गते बसेको मन्त्रिपरिषद्‌ बैठकले केसीलाई बोर्ड अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । बोर्डको अध्यक्ष बनेका केसीको शैक्षिक योग्यताको सन्दर्भमा पनि प्रश्न उठाइने गरिन्छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo