KhabarUjyalo

बालगायक सुप्रीम मल्लको स्वरमा ‘रेलको बाटो’ गित सार्वजनिक (भिडियो)

२३ श्रावण २०७९, सोमबार
बालगायक सुप्रीम मल्लको स्वरमा ‘रेलको बाटो’ गित सार्वजनिक (भिडियो)

धनगढी : बालगायक सुप्रीम मल्लको स्वरमा रहेको गित ‘रेलको बाटो’ सार्वजनिक भएको छ ।

कर्णालीको पीडालाई दर्शाएको उक्त गितमा सुरज पण्डितको संगीत, लेखराज गिरीको शब्द रहेको छ । भने गित एरेन्ज कमल सौरागले गरेका छन् । गितले कर्णालीका वेदना समेटिएको छ। विकट हुँदा भोग्नु परेको पीडाको कथा दर्शाएको छ । गित मार्फत विकट जिल्लाहरुको अवस्थालाई चित्रित गरेको छ ।

म्युजिक भिडियो जिबी चिरन (चिरन्जीवी सापकोटा)ले निर्देशन गरेका छन् भने भिडियो सम्पादन दिन्सन शाहले गरेका छन्  । उक्त भिडियो फिचर्डमा सुप्रीम मल्ल र जिबि चिरन रहेका छन् । म्युजिक भिडियो आहा टिभी युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहरमा, 
हुम्ला कहिले मोटर आउला बस्याको छु हेर्न रहरैमा…

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo