KhabarUjyalo

नेपालमा कोरोना भाइरसका कारण १७ दिनमा १६ जनाको मृत्यु

१९ श्रावण २०७९, बिहीबार
नेपालमा कोरोना भाइरसका कारण १७ दिनमा १६ जनाको मृत्यु

काठमाडौ : नेपालमा कोभिड महामारीको चौथो लहर आएको हो वा होइन भन्ने विषयबारे चर्चा चल्दै गर्दा विगत दुई सातामा कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या मात्र नभई गम्भीर बिरामी र मृत्यु हुनेहरूको सङ्ख्या पनि बढिरहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडको अवस्थाबारे नियमित प्रकाशित गर्ने विवरणअनुसार साउन १ गते देखि साउन १७ गते सम्ममा १६ जनाको मृत्यु कोभिडसँग सम्बन्धित कारणले भइसकेको छ।

साउन १ गते १८ जना सघन उपचार कक्ष (आईसीयू)मा र एक जना भेन्टिलेटरमा रहेकामा १७ गते आईसीयूमा उपचाररत बिरामीको सङ्ख्या दोबर भइसकेको छ भने भेन्टिलेटरमा पाँच जना छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडको अवस्थाबारे नियमित प्रकाशित गर्ने विवरणअनुसार साउन १ गते देखि साउन १७ गते सम्ममा १६ जनाको मृत्यु कोभिडसँग सम्बन्धित कारणले भइसकेको छ।

साउन १ गते १८ जना सघन उपचार कक्ष (आईसीयू)मा र एक जना भेन्टिलेटरमा रहेकामा १७ गते आईसीयूमा उपचाररत बिरामीको सङ्ख्या दोबर भइसकेको छ भने भेन्टिलेटरमा पाँच जना छन्। खोपमा राम्रो प्रगति हुँदाहुँदै कोभिडले ज्यान लिइरहँदा पछिल्ला दिनमा गम्भीर सङ्क्रमणमा पर्ने मानिसमध्ये धेरैजसो खोप नलगाइसकेका वा अपूर्ण मात्रा लगाएका वा बढी उमेर र दीर्घरोगी रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।बिबिसी

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo