काठमाडौं । पछिललो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ३ हजार ९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ९० जना र २ हजार ९११ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३१ हजार ८५३ पुगेको छ ।
योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितहरुको संख्या ५४ सय नाघेको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ४३३ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।
