KhabarUjyalo

युक्रेनलाई फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्ड युरोकपको सेमिफाइनलमा

२० असार २०७८, आईतवार
युक्रेनलाई फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्ड युरोकपको सेमिफाइनलमा

काठमाडौँ- युक्रेनलाई फराकिलो अन्तरले हराउँदै इंग्ल्यान्ड युरोकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

रोममा आइतबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनलमा युक्रेनलाई ४-० गोलले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन कप्तान ह्यारी केनले दुई गोल गर्दा  ह्यारी मग्वाएर र जोर्डन हेण्डरसनले एक एक गोल गरे ।

जितसँगै इंग्ल्यान्ड २५ वर्षपछि युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।  यसअघि इंग्ल्यान्ड सन् १९९६ मा सेमिफाइनल पुगेको थियो ।

अब इंग्ल्यान्डले सेमिफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ । चेक रिपब्लिकलाई २-१ गोल अन्तरले पराजित गर्दै डेनमार्कले अन्तिम चारमा स्थान पक्का गरिसकेको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo