KhabarUjyalo

कञ्चनपुरमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

२५ असार २०८१, सोमबार
कञ्चनपुरमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर  । कञ्चनपुर जिल्लाको दोधारा वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएको छ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको सूचना अनुसार त्यहाँ १०३ मिमि वर्षा मापन भएको हो ।

पछिल्लो २४ घण्टामा कञ्चनपुरको दोधारामा ५८८ मिमि, सुन्दरपुरमा ४०९ मिमि र हनमाननगरमा ५५८ मिमि वर्षा भएको छ । बाढी र डुबानको जोखिममा रहेका लागि सुरक्षित रहन आइतबार राति नै एसएमएस पठाइएको महाशाखाको भनाई छ ।

सो क्षेत्रमा थप वर्षा हुन सक्ने पूर्वानुमान रहेकाले सो क्षेत्र भई बहने अधिकांश नदीहरूमा हाल जलसतह खतरा तह आसपासमा छन् । महाशाखाले दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo