KhabarUjyalo

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

४ श्रावण २०७९, बुधबार
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ । मंगलबार पिसिआर परीक्षण गराउँदा उहाँमा कोरोना पुष्टी भएको हो ।

उहाँलाई आाइतबारदेखि सामान्य रुघा लागेकामा सोमबार बिहानबाट हल्का ज्वरो आएपछि उहाँले चिकित्सकसँग परामर्श लिनुभएको थियो ।

चिकित्सकका अनुसार उहाँलाई अहिले हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ । आज बिहान उहाँको थप स्वास्थ्य परीक्षण गरिने भएको छ । हाल उहाँ पोखरास्थित सरकारी निवासमै आराम गरिरहनुभएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo