KhabarUjyalo

जापानका पूर्वप्रधानमन्त्रीे आवेमाथि गोली प्रहार

२४ असार २०७९, शुक्रबार
जापानका पूर्वप्रधानमन्त्रीे आवेमाथि गोली प्रहार

जापान । जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या प्रयास भएको छ। उनीमाथि घातक हमला भएको छ। पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको हो ।

जापानको सार्वजनिक रिपोर्ट अनुसार नारा सहरमा भएको एक कार्यक्रममा भाषण दिइरहेको बेलामा उनीमाथि आक्रमण भएको हो।

घटनास्थलमा उपस्थित एनएचकेका रिपोर्टरका अनुसार उनले शिन्जो आबेलाई रगतले लतपतिएको देखे।

आबे अहिले अचेत अवस्थामा रहेको जापानी सञ्चार माध्यमहरुमा उल्लेख छ। घटनाको विस्तृत विवरण आउन बाँकी नै छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo