KhabarUjyalo

भ्रामक खबर प्रसारण गरेको आरोपमा जी न्युजका प्रस्तोता पक्राउ

२१ असार २०७९, मंगलवार
भ्रामक खबर प्रसारण गरेको आरोपमा जी न्युजका प्रस्तोता पक्राउ

भारत । भारतीय काँग्रेसका नेता राहुल गान्धीविरुद्ध भ्रामक खबर प्रसारण गरेको आरोपमा जी–न्युजका एंकर रोहित रंजन पक्राउ परेका छन् । उनलाई नोएडा प्रहरीले मंगलबार गाजियाबादबाट पक्राउ गरेको हो ।

केही दिन अघि रोहितले एक स्पेसल टिभी कार्यक्रममा नेता राहुल गान्धीको बयानलाई तोडमोड गरेर देखाएकाको आरोपमा राेहितविरुद्ध उजुरी दिएको भन्दै उनलाई पक्राउ गरेको थियो। भ्रामक खबर प्रसारणले नेता गान्धीको छवि बिगारेको भन्दै छत्तीसगढमा उजुरी परेको थियो ।

रोहितविरुद्ध राजस्थानमा पनि मुद्दा दर्ता भएको छ । पछि एन्कर रोहित रञ्जनले आफ्नो शोमा यसलाई मानवीय त्रुटि भन्दै माफी समेत मागेका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo