Khabar Ujyalo

सहकारी छानबिन समितिले माग्यो गोर्खा मिडियाको कागजात

१३ असार २०८१, बुधबार
सहकारी छानबिन समितिले माग्यो गोर्खा मिडियाको कागजात

काठमाडौँ— सहकारी छानबिन विशेष समितिको बैठकले गोर्खा मिडिया नेटवर्क प्रालिको कागजात माग गर्ने निर्णय गरेको छ ।

आज बसेको छैठौं बैठकले ९ वटा सहकारीसँग सम्बन्धित कागजातहरू र विभिन्न सहकारीबाट गोरखा मिडिया लगायतमा प्रवाह भएको रकमको कागजात उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो ।

आजको बैठकमा समितिले सहकारी क्षेत्रका जानकार मानिने पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटा र केशवप्रसाद बडालसँग सल्लाह सुझाव लिएको छ । राजनीतिमा आउनुअघि गृहमन्त्री रवि लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिए ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.