डडेल्धुरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शुक्रबार डडेल्धुरामा दोस्रो स्थापना दिवस मनाएको छ ।
रास्वपाको दोस्रो स्थापना दिवसमा अवसरमा आयोजित चियापान कार्यक्रम तथा बृक्षारोपण , निर्माणाधिन योजनाहरुको अनुगमन , रक्तदान कार्यक्रम गरेको हो ।
अुगमनको क्रममा अमरगढी नगरपालिकाको दुदीखोलामा निर्माण भैरहेको कलवर्टमा माटो, रोणा र सीमेन्ट गुणस्तरहीन भेटीएको रास्वपा सुदूरपश्चिम महामन्त्री पारस बाहुनले बताए । गुणस्तरहीन भेटिएपछि प्रमुख जिल्ला अधिकारीलाई निर्माणमाधिन योजनामा बोलाएर तत्काल काम रोक्न आग्रह गरेको बताए ।
अनुगमनपछि प्रमुख जिल्ला अधिकारीले गुणस्तर चेक गरेर मात्र निर्माण कार्य अघि बढाइने प्रतिबद्धता जनाएको रास्वपा डडेल्धुराले जनाएको छ ।
चियापान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पारस बाहुनले जिल्ला भित्र लागु औषध , गुणस्तरहीन निर्माण कार्यहरु रोक्न सबै राजनितिक दल र सरोकारवाला एकजुट हुनु पर्ने बताए ।
पार्टीको स्थापना दिवस कार्यक्रममा रास्वपाका प्रदेश, जिल्ला, स्थानीय कमिटीका सदस्य तथा शुभचिन्तकहरु सहभागी भएका थिए ।
डडेल्धुरा संयोजक इ. सुरेन्द्र अवस्थी ले ७७ पटक घण्टी बजाउदै कार्यक्रम समापन गरेका थिए ।