Khabar Ujyalo

संचारकर्मी तथा कुशल कार्यक्रम प्रस्तोता बोहराले ल्याए “रुप्स्या माया” देउडा गीत !

१९ जेष्ठ २०८१, शनिबार
संचारकर्मी तथा कुशल कार्यक्रम प्रस्तोता बोहराले ल्याए “रुप्स्या माया” देउडा गीत !

धनगढी : संचारकर्मी तथा कुशल कार्यक्रम प्रस्तोता रुपेश सिंह बोहराको नयाँ देउडा गीत “रुप्स्या माया” सार्वजनिक भएको छ ।

गितमा गायिका रेखा जोशी र रुपेश बोहराकै आवाज रहेको छ भने महेश भट्ट र प्रतिमा बम्मको अभिनयमा रहेको देउडा गीत “रुप्स्या माया” हाम्रो नेपाली आवाज युट्युब च्यानलबाट सार्बजनिक भएको हो ।

यो सूदुर तथा कर्णाली प्रदेशमा प्रचलित देउडा भाका अन्तर्गत पर्दछ। मारुनी दिगितलमा रेकर्ड भएको यस गीतको कोरस आवाजमा संगीता बडुवाल, कल्पना मल्ल, महेश भट्ट र रेबन सुबेधीले साथ दिएका छन् भने यश गीतलाई केशब बडूले अरेन्ज गरेका हुन् । गीतको रेकर्डिङ सुमन राना अनि मिक्सिङ कुमार रानाले गरेका छन् ।

महेश महाराले छायांकन गरेको उक्त गीतलाई लामो समयदेखि देउडा गीत संगीत निर्देशन गर्दै आएका भिम थापाले भिडियो निर्देशन गरेका छन् भने प्रबिन रेश्मी मगरले सम्पादन गरेका छन् ।

लोक दोहोरी तथा देउडा लेख्दै आएका सर्जक रुपेश बोहराले सुदूर तथा कर्णाली क्षेत्रको कला संस्कृति संरक्षण, सम्बर्द्धन एवं प्रबर्द्धन गर्न युवा पुस्ताले सक्दो प्रयास गर्नुपर्ने देखिएको हुँदा सानो प्रयास गरेको बताए ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.