काठमाडौ : नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई राहत वितरण गरेको छ । महासंघले बिहिवार महासंघ केन्द्रीय कमिटीले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई राहत वितरण गरेको हो ।

बाढी प्रभावित दुई सय परिवारलाई चामल, दाल, तेल, तरकारीलगायतको राहत सामग्री वितरण गरिएको राहत संकलनमा महत्त्वपूर्ण भुमिका निर्वाह गरेका नेपाल खेलकुद महासंघका उपाध्यक्ष एकेन्द्र कुवरले जानकारी दिए ।
महासंघका उपाध्यक्ष कुवरले विपदमा परेका परिवारलाई आगामी दिनमा राहत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै केही हप्ता सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरिने बताए ।
