KhabarUjyalo

धुर्मुश सुन्तलीको “म त मर्छु कि क्या हो” सार्वजनिक

११ असार २०८०, सोमबार
धुर्मुश सुन्तलीको “म त मर्छु कि क्या हो” सार्वजनिक

काठमाडौ : हाँस्य कलाकारद्वय सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले निर्माण गरेको वेव फिल्म ‘म त मर्छु कि क्या हो’  सार्वजनिक भएकाे छ।

कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ओहो मुभिजमा राखिएको थियो। धुर्मुस सुन्तलीले आज युट्युवमा दिउँसो ‘धुर्मुस सुन्तली’युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।  फिल्ममा उनीहरुलाई धुर्मुस् र सुन्तलीकै भूमिकामा देख्न पाइने छ।

फिल्ममा धुर्मुस् र सुन्तलीसँगै रबि गिरी, बुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशिला थापाको अभिनय रहेको छ। यसमा लेखन तथा निर्देशन धुर्मुस् र सुन्तली दुबैले गरेका छन्। सुदिप बरालको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन रहेको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo