धनगढी : नगर बाल संजाल धनगढीको नयाँ कार्य समिति चयन भएको छ । शनिबार भएको नयाँ कार्य समिति गठनमा मातृकाप्रसाद उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
उपाध्यक्षमा मिना विष्ट, कोषाध्यक्ष आसमिता चौधरी, सचिव समृता ओझा, सह-सचिव वीरेन्द्र भट्ट, चयन भएका छन् ।
यस्तै कार्य समिति सदस्यमा अस्मिता चौधरी, रेश्मा बोहरा, निशा मल्ल, युवराज जोशी,पार्वती चौधरी,मुकुन्द्र जोशी,बिरव मुकुन्द्र खड्का, उत्तम भण्डारि, ऐलिस बम, प्रकास ओषिका काफ्ले, गिता बिक, प्रियंका चौधरी रहेका छन् ।
वर्तमान अध्यक्ष लक्ष्मी जोशीको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको थियो । कार्यक्रमको प्रमुख अतिथि धनगढी उपमहानगरपालिकाकि उपप्रमुख कन्दकला राना रहनु भएको थियो । भने कार्यक्रममा बाल कल्याण अधिकारी टंक बहादुर बिष्ट र धनगढी उप महानगरपालिकाका कानुन अधिकृत खडक कुंजडा लगायतको सहभागी रहेका थिए ।
