KhabarUjyalo

म:म अड्किएर एक पुरुषको मृत्यु भएपछि एम्सले ‘होशियारीसाथ निल्न’ सुझाव

१ असार २०७९, बुधबार
म:म अड्किएर एक पुरुषको मृत्यु भएपछि एम्सले ‘होशियारीसाथ निल्न’ सुझाव


एजेन्सी, नयाँ दिल्ली । 
अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) ले भारतीयको प्रिय खाजा म:म बारे एक सल्लाह जारी गरेको छ । म:म को डल्लो अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएपछि एम्सले स्वास्थ्य चेतावनी जारी गरेको हो ।

एम्सका फोरेन्सिक विज्ञहरूले पुरुषको मृत्युको कारण पत्ता लगाएपछि चिकित्सा निकायले सबैलाई ‘होशियारीसाथ निल्न’ सुझाव दिएको छ । उनलाई दिल्लीको एम्समा मृत अवस्थामा पर्‍याइएको थियो । 

मदिराले मातेका ती व्यक्ति सडक छेउको एउटा पसलमा मोमो खाइरहेका थिए । खाँदा खाँदै उनी अचानक भुइँमा ढलेका थिए । पोष्टमार्टम रिपोर्टमा उनको श्वास नलीमा एउटा म:म को डल्लो अड्किएको फेला परेको थियो । डाक्टरहरूले पनि म:म को डल्लो अड्किएर उनको मृत्यु भएको निस्कर्ष निकालेका थिए । 

म:म अड्किदा न्युरोजेनिक कार्डियाक अरेस्ट भएको चिकित्सकले निष्कर्ष निकालेका छन् । 

उनको मृत्युको कारक म:म पुष्टि भएपछि एम्सले भारतमा सडक पसलदेखि उच्चस्तरीय रेष्टुरेन्टहरूमा पाइने यस लोकप्रिय परिकारबारे सुझाव जारी गरेको छ । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo