लोकप्रिय गायिका इन्दिरा जोशी बैवाहिक बन्धनमा बाधिएकी छन् । उनले मंगलबार प्रेमी शरद केडियासँग विवाह गरेकी हुन् ।
विवाहको तस्वीर सार्वजनिक गर्दै इन्दिराले अब आफूहरू आधिकारिक रुपमा पति र पत्नी भएको लेखेकी छन् । इन्दिरा र पेशाले फेसन डिजाइनर शरद तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरूले गत वर्ष इन्गेजमेन्ट गरेका थिए ।