KhabarUjyalo

कविता : बा लैजानुहोस् तपाइँको नाक

२८ जेष्ठ २०७९, शनिबार
कविता : बा लैजानुहोस् तपाइँको नाक

विकृत हातले
कुनै दिन नङ्ग्याउँन सक्छ यो छाती
विकृत पुलिङ्गले
कुनै दिन भत्काउँन सक्छ यो जाँघ
र काटिन सक्छ
मेरो शरीर माथी तपाइँले
जबरजस्ति टाँसिदिएको तपाइँको नाक ।

बा !
तपाइँको नाक काटिनबाट बचाउन सक्दिन म लैजानुहोस् तपाइँको नाक ।

यो शरीर भित्र लेकको मीठो पानी बग्छ रे
कुनै दिन निर्मम उत्खनन हुन सक्छ
र निस्किएको पानीले
बगाउँन सक्छ तपाइँको नाक
तपाइँ ` नाकविहिन ´ हुन सक्नुहुन्छ ।

बिन्ती छ लैजानुहोस् बा
तपाइँको नाकको सुरक्षा आफैं गर्नुहोस् ।

मेरो शरीरले
तपाइँको नाक बग्नबाट बचाउँन सक्दैन
मेरो छाती र जाँघले
तपाइँको नाक काटिनबाट छेक्न सक्दैन ।

बिन्ती छ बा
लैजानुहोस् तपाइँको नाक !

🖋️मिरा प्रसाईं

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo