धनगढी : कैलालीको अत्तरिया बजारमा रहेका होटलहरुमा प्रहरीले छापा मारेको छ ।
ईलाका प्रहरी कार्यालय मालाखेतीको प्रहरी टोलीले बुधबार बिहान विभिन्न होटलमा छापा मार्ने क्रममा अनैतिक कृयाकलापमा संग्लन एक महिला होटल संचालकसहित ५ युवती र ६ युवक गरि १२ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक दान बहादुर रोकायाले जानकारी दिए ।
उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक रोकायाले बताए ।
अत्तरिया क्षेत्रमा केही होटल सन्चालकले यौन क्रियाकलाप गराएर अत्तरिया क्षेत्रकै बदनाम गरेको स्थानीयको गुनासो रहेको थियो ।