धनगढी : चर्चित गजलकार सुमन स्मारिकाको शब्दमा रहेको ‘ए माया’ बोलको गीत सार्वजनिक भएको छ ।
संगीतकार दिपकराज विस्वकर्मा’को संगीत र जीवन परिवेशको स्वरमा रहेको उक्त बोलको गित मंगलबार सार्वजनिक भएको हो । गीतमा संगीतका साथै एरेन्ज र मिक्सिंङ्ग दिपकराज बिस्वकर्माले नै गरेका छन् ।
म्युजिक भिडियोमा संचारकर्मी नरेश भट्टराइ र उषा उप्रेतीको अभिनय रहेको छ भने युवराज वाईबाले निर्देशन गरेका छन् । भिडियो छायांकन निसल पौडेलले गरेका छन् भने म्युजिक भिडियो विकास दाहालले सम्पादन गरेका छन । प्रकृतिलाई कसैले सिँगार्नु पर्दैन । प्रकृति आफैँ सुन्दर छ । सुन्दर प्रकृतीमा रमाउन केवल माया प्रेमको खाचो रहेको गितले प्रेम प्रेमिकाको माध्यमबाट भाव दर्शाउन खोजेको छ ।
उक्त बोलको गीतको भिडियो ‘जीवन परिवेश अफिसियल’ युटुब च्यानल मार्फत सार्वजनिक भएको छ।
