KhabarUjyalo

भारतको उत्तराखण्डमा बस दुर्घटना, २६ जनाको मृत्यु

२३ जेष्ठ २०७९, सोमबार
भारतको उत्तराखण्डमा बस दुर्घटना, २६ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तराखण्डमा गएराति (आइतबार साँझ) भएको बस दुर्घटनामा २६ यात्रुको मृत्यु भएको छ । उत्तराखण्डको उत्तरकाशीमा यूके – ०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको उत्तराखण्ड प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुने सबै चार धाम तिर्थ यात्राका गइरहेको बताइएको छ । दुर्घटनाग्रस्त बसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार रहेकोमा २६ जनाको ज्यान गएको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सञ्चार माध्यमहरुलाई जानकारी दिएका छन् ।

दुर्घटनापछि एनडीआरएफको टोलीले घट्नास्थल पुगेर उद्धार कार्यमा जुटेको थियो ।

गहिरो खाडल र अन्धकारका कारण शव निकाल्ने तथा घाइतेहरुको उद्धार गर्न समस्या भएको थियो ।

घाइते ४ जनको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo