KhabarUjyalo

कलिलो उमेरमै लिला धामी बनिन् जिसस सदस्य !

२२ जेष्ठ २०७९, आईतवार
कलिलो उमेरमै लिला धामी बनिन् जिसस सदस्य !

डडेल्धुरा : डडेल्धुरा जिल्ला समन्वय समिति सदस्यमा २१ बर्षिया लिला धामी निर्बिरोध निर्वाचित भएकी छिन् । आइतबार जिससको सदस्यको पदभार ग्रहण गरेकी हुन् ।

स्कुलदेखी नेविसंघको राजनीति सुरु गरेकी धामी पर्शुराम नगरपालिकास्थित त्रिवेणी बहुमुखी क्याम्पसको इकाई उपसभापति हुँदै सम्पन्न बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा पर्शुराम नगरपालिकाको वडा नम्बर ८ मा सबैभन्दा बढी मत प्राप्त गरेर वडासदस्यमा निर्वाचित भईन ।

सामाजिक कार्यमा सक्रिय रहेकी धामी महिलाहरुले कानुनले जबरजस्त दिएका पद बाहेक अन्य पदहरुमा महिलाले नेतृत्व लिएर सामाजिक विकास गर्न सक्छन् भने मान्यता राख्दै कलिलो उमेरमै क्याम्पस, सामाजिक संस्था भुमिका खोज्दै वडासदस्य हुँदै जिजस सदस्यमा पुगेकी छन् ।

आफु महिला सदस्य देखि जिल्ला समन्वय समिति सदस्यसम्म पुगि रहदा म जस्तै युवा महिलाहरुमा सकारात्मक प्रभावले राजनीतिमा आउने धामीले विश्वास व्यक्त गरिन् । आफुले पाएको जिम्मेवारीलाई समाज सेवामा निरन्तर लागि रहने र न्याय लागि सदैब अगाडि बढी रहने धामीले बताइन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo