KhabarUjyalo

‘कबड्डी ४’को नयाँ-नयाँ रेकर्ड कायम, एक सातामै कमायो १५ करोड

२१ जेष्ठ २०७९, शनिबार
‘कबड्डी ४’को नयाँ-नयाँ रेकर्ड कायम, एक सातामै कमायो १५ करोड

काठमाडौं । सफलताका साथ प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ४’ ले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड कायम गरिरहेको छ । रामबाबु गुरुङद्ववारा निर्देशित फिल्म ‘कबड्डी ४-द फाइनल म्याच’ ले बक्स अफिसमा आक्रमक व्यापार गरिरहेको छ ।

यो फिल्म अत्याधिक शो पाउने पहिलो फिल्म, सर्वाधिक अग्रिम टिकट बुकिङ हुने पहिलो फिल्म, घरेलु बक्स अफिसमा सर्वाधिक ओपनरजस्ता रेकर्ड राखिसकेको छ ।

गत शुक्रबारदेखि प्रदर्शन भएको यो फिल्मले पहिलो दिन तीन करोडमाथि कमाएको थियो । त्यस्तै फिल्मले एक हप्तामा सर्वाधिक व्यापार गर्ने फिल्मको रेकर्ड पनि राखेको छ । ‘कबड्डी ४’ ले एक सातामा १५ करोड कमाएको वितरक मनोज राठीले बताएका छन् ।

उनका अनुसार यस फिल्मले अहिले पनि दर्शकको साथ राम्रो पाइरहेको छ । यो फिल्मले १५ करोड कमाउँदै नयाँ रेकर्ड राखेको उनको भनाई छ । यो हालसम्मकै छोटो समयमा धेरै कमाउने फिल्म बनेको हो । यो फिल्मले प्रदर्शन अगाडि नै डिजिटल र ओभरसिज राइट्सबाट लगानी उठाइसकेको छ ।

समाजिक कथावस्तुलाई कमेडीमार्फत प्रस्तुत गरिएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ ।

बाँसुरी फिल्म्स् र सुष्मा प्रोडक्सको प्रस्तुतिमा तयार भएको फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ । फिल्मका निर्माता विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेल हुन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo