KhabarUjyalo

भारतीय एक युवतीले आफैंसँग विवाह गर्दै 

२१ जेष्ठ २०७९, शनिबार
भारतीय एक युवतीले आफैंसँग विवाह गर्दै 

नयाँ दिल्ली । केहीवर्ष यता आफैंसँग विवाह गरिने विवाह कार्यक्रम ‘सोलोगामी’को चलन पश्चिमा जगतमा बढिरहेको छ । अब यही चलन भारतीय तटीय क्षेत्रसम्म आइपुगेको छ । पश्चिमी भारतीय राज्य गुजरातको वदोदरास्थित एउटा मन्दिरमा आगामी ११ जुनको साँझ आयोजना हुने एक परम्परागत हिन्दु कार्यक्रममा ‘क्षमा विन्दु’ नामक युवती सरिक हुनेछिन् । 

हातमा मेहन्दी र सिउँदोमा सिन्दुर लगाएर दुलहीको पहिरनमा उनले पवित्र अग्निकुण्ड वरपर सात फेरा लगाउन लागेको कुरा मलाई फोन गरेर भन्छिन् ।
  
त्यसको एकदिन अघि परम्परा अनुसार नै अन्य संस्कार जस्तै दुलहीको शरीरमा तेल र वेसार मिसाएर लगाइने (हल्दी) र नाचगान कार्यक्रम हुनेछन् । विवाहपछि उनी मधुमास मनाउन दुई साताका लागि गोवा पुग्नेछिन् । तर, सम्पूर्ण उत्सवमा ‘दुलहा’को भने कतै पनि उपस्थिति हुने छैन । किनभने विन्दुले आफैंसँग विवाह गर्दैछिन् । सम्भवत यो भारतको पहिलो सोलोगामी घटना हुनेछ ।
 
समाजशास्त्रका छात्रा तथा २४ वर्षिया व्लगर विन्दु भन्छिन्, “धेरैले म निकै महत्वपूर्ण रहेको बताउँछन् । मैले तिनीहरूलाई आफैंसँग विवाह गरेर मैले मेरै हात थाम्न लागेको हुँ । मैले जीवन स्व–प्रेममा समर्पण गर्नेछु । मैले वास्तवमा मेरा सबै शारीरिक तथा मानसिक वा भावनात्मक कमजोरी स्वीकार्दैछु भनेर देखाउनेछु ।” 
 
विन्दुको यस्तो निर्णयप्रति कुनै विरोध नजनाएका उनको परिवारलगायत उनका साथीभाइ यस ऐतिहासिक विवाह कार्यक्रममा सरिक हुँदैछन् ।

झण्डै २० वर्ष अघि अमेरिकामा आफैंसँग विवाह गर्ने अनौठो चलनको चर्चा चलेको थियो । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo