KhabarUjyalo

दार्चुलामा पहिलो पटक बृहत साहित्य महोत्सव

१८ जेष्ठ २०७९, बुधबार
दार्चुलामा पहिलो पटक बृहत साहित्य महोत्सव

दार्चुला,१८ जेठ । साहित्यमार्फत जिल्लाको कला, संस्कृति र साहित्यलाई उजागर गर्ने उद्देश्य राखेर दार्चुलामा बृहत साहित्य महोत्सव सम्पन्न भएको छ ।

अमेरिकाको न्यूयोर्कस्थित तारा–किसन फाउन्डेसनको आयोजनामा सदरमुकाम खलंगामा सम्पन्न महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय तहका १ सयभन्दा बढी साहित्यकारको उपस्थिति रहेको थियो ।

स्थानीय मौलिक संस्कृति झल्किने झाँकीको प्रस्तुतिसहित सुरु गरिएको महोत्सवमा स्रष्टाहरुले आफ्ना रचनाहरुको वाचन गर्दै साहित्यिक सम्पर्क तथा समन्वयको आग्रह राखेका थिए ।

फाउन्डेसनका संरक्षक किसनसिंह धामीले ‘दार्चुलाको संस्कृति, कला र साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्नुका साथै दार्चुलालाई राष्ट्र–अन्र्तराष्ट्रियस्तरमा चिनाउन पहिलो पटक आफ्नै जन्मभूमिमा साहित्य महोत्सवको आयोजना गरिएको’ जानकारी दिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo