धनगढीः कैलालीको धनगढीमा एक जना मृत फेला परेका छन्।
आज विहान धनगढी धनगढी उपमहानगरपालिका–१७ पथरी स्थित शिबगंगा नदीको किनारमा करिब ६५/७० को भारतीय मुलको जस्तो देखिने पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।
