KhabarUjyalo

म्युजिक भिडियो ‘थाहै भएन’ मा मिस पबी र अभिनेता पल शाहको जोडी !

१३ जेष्ठ २०८०, शनिबार
म्युजिक भिडियो ‘थाहै भएन’ मा मिस पबी र अभिनेता पल शाहको जोडी !

धनगढी : टिकटक स्टार मिस पबी र अभिनेता पल शाहको अभिनय रहेको म्युजिक भिडियो ‘थाहै भएन’ जेठ १८ गते सार्वजनिक हुँदैछ । 

मुस्ताङको कागबेनीमा छायांकन रहेको ‘थाहै भएन’ बोलको म्युजिक भिडियोमा टिकटक स्टार मिस पवीले पहिलो पटक अभिनेता पलसँग अभिनय गरेकी हुन् ।

मिस पवीले सामाजिक संजालमा ‘थाहै भएन’ बोलको म्युजिक भिडियोको पोस्टर सार्वजनिक गर्दै जेठ १८ गते रिलिज हुने जानकारी गराएकी छन् ।

उनले मुस्ताङको निकै नै सुन्दर ठाउँमा निकै नै मेहनत गरेर शूटिङ गरेको छ । दर्शक स्रोताले म्युजिक भिडियोलाई माया गर्ने आशा रहेको बताएकी छन् ।

यसअघि मिस पबीले पलसँग अभिनय गर्ने सपना रहेको बताएहेकी थिइन्। 

उक्त भिडियोमा मिस पवी र अभिनेता पल शाहको अभिनय रहेको छ । भने गितमा गायक हिमाल सागर र गायिका अनु चौधरीको स्वर रहेको छ ।

म्युजिक भिडियोको निर्देशन शान्न थापाले गरेका छन् । म्युजिक भिडियो ओएसआर डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक हुने भएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo