KhabarUjyalo

बोका चोरीको आरोपमा गोदावरीबाट २ जना पक्राउ

२४ बैशाख २०८०, आईतवार
बोका चोरीको आरोपमा गोदावरीबाट २ जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ स्थित जमुनाटोलमा बोका चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । बोका चोरी आरोपमा गोदावरी नगरपालिका – १० का नविन ताम्राकार र हरिश चुनारालाई पक्राउ गरिएको हो ।
गुलरियाबाट खटिएको प्रहरी टोलीले बोकासहित उनीहरुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गुलरियाका बरिष्ठ नायव निरीक्षक जीवन गुरुङले बताए। उनका अनुसार बोका र दुबै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारीको जिम्मा लगाइएको छ।


गत महिना प्रतिमा चौधरी र बैशाख ३ गते निर्मला नाथको बाख्रा चोरी भएको थियो। शनिबार चोरी भएको बाख्रा कृष्णपुर नगरपालिका ५ की रामपति चौधरीको रहेको छ। तीनै जनाले उनीहरुबिरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo