दिनानुदिन बढ्दै गएको कोरोना महामारीको मारमा रहेका सर्वसाधारण एकातिर अक्सिजनको अभाव छ भने अर्कातिर अस्पतालमा बेडको अभावमा बेला बेलामा फोनको घन्टि बिजरन्छ १ बेड मिलाइदिनुपर्यो भनेर । हर्सम्भव प्रयासमा अस्पताल जुटेकै छ तर श्रोत साधन सबै अप्रयाप्त जे खोज्यो त्यसकै अभाव रहेको छ ।
बिरामिको अवस्था नाजुक, अस्पताल प्रशासन सॅग गुहार गर्दै एक सिलेन्डर अक्सिजन जसरि हुन्छ जोहो गरिदिनुहोस मेरि आमाको अक्सिजन सेचुरेसन ७० भइसक्यो । यो अवस्था साच्चिकै भावुक छ, यस्ता गुहार सुन्दा मन अतालिन्छ। फेरि सधै जस्तै सिलेन्डरका लागि लाइनमा बसेका स्टाफ लाइ फोन घुमाउदै जवाफ सधै जस्तैअझै अझै समय लाग्छ रे प्रयासगर्दैछु ।
सबै तिर प्रयास तर राहत कतैछैन परिस्थिति निकै गम्भिर।
सरकार को गेटा मेडिकल कलेज लाइ आइसोलेसन केन्द्र बनाउने निर्णय भयो, ढिलो भएपनि स्वागत योग्य निर्णय, जनशक्ति र श्रोत साधन को उचित व्यवस्थापन गर्न सके केहि पिडितले राहत त पाउने थिए।
सुदुर पश्मिम प्रदेश को जनसंख्या २,५५,२५१७ हालको पिसिआर को परिणाम हेर्दा झन्डै ४५% लाई संङ्क्रमण देखिएको र यो सङ्क्रमण दर बढ्दै जाने हो भने हामो आइसोलेसन सेन्टरको क्षमता बाहिर हुनेछ।
कोरोना भाइरस को सर्ने क्षमता तिव्र छ तर प्रिरिकसन राम्ररि लिन सक्ने हो भने सर्न बाट रोक्न सक्छौ।
आइसियु भेन्टिलेटको चर्चै चर्चा सबैतिर जुन रातोरात सम्भव छैन त्यसकारण जनस्वास्थ्य कोमापदन्ड लाइ अझ व्यवहारिक बनाउन जरुरि छ। लकडाउन मात्र समाधान होइन बिकल्प खोजि जरुरि छ।
लकडाउन भयो पिसिआर जाच चलेकै छ, घन्टौ लाइनमा बसेर पिसिआर तर कन्टेक्ट टेर्सिस बिरलै सुनिन्छ। बिना मापदण्ड होम आइसोलेसन बसेका बिरामिहरुबाट समुदायमा आगो बराबर सल्किरहेको छ, समय मै रोक्न नसके हामि उपचार गर्ने क्षमता भबाहिर हुनेछौ। नया परिक्षण संगै प्रतेक दिन कन्टेक्ट टेर्सिङ को कोटा निर्धारण तथा होम आइसोलेसन मा बसेका बिरेमि हरु को स्वास्थ्य अवस्था चेकजाच तथा घरमै बस्दा पालना गर्नुपर्ने मापदण्ड पुगेनपुगेको निरिक्षण गर्ने टोलि भए केहि नियन्त्रण हुनसकिन्छ।
सुमन भट्ट पनेरु
नोभा हिस्पटल प्रा लि
