KhabarUjyalo

मैले तिम्रो हत्या गरेँ (कविता)

१४ जेष्ठ २०७९, शनिबार
मैले तिम्रो हत्या गरेँ (कविता)

तिमीले मायाको प्रस्ताव गर्यौं
मैले अस्वीकार गर्दा पनि
तिमी विश्वास दिलाई रह्यौ आफूमाथि
आफ्नो परिचय लुकाई
निको बन्ने प्रयास गरी रह्यौं
मैले चिनि सकेकी थिएँ
मुकुण्डोभित्रको तिम्रो घृणित रुप
पहिल्यै देखि ।
माया जालमै फसाएर तिमीले
सीमाको ज्यानै लियौं
जागिरको लोभ देखाएर तिमीले
उसालाई विदेशमा बेच्यौं
बोक्सीको आरोपमा तिमीले
बुढी आमालाई मलमुत्र ख्वायौँ
भगवान् पुज्ने नाममा उजेलीलाई
देउकी बनाइ मठमन्दिर चढायौँ
आफ्नै छोरीको अस्मीता लुटी

छोरीको विश्वासको घाँटी रेट्यौं
ढाइ वर्षे नावालिका माथि जाँदा
तिम्रो मानवता कहाँ गयो
म जान्दिनँ ।
मलाई थाहा छ
विनाले तिम्रै कारणले
आत्महत्या गरेकी थिई
रुपाको सम्वन्ध विच्छेद हुनुमा
तिम्रै हात छ ।
तिमी भन्दै थियौ
म तिम्रो फोटो हेरेर तिमीलाई पढ्दै छु भनेर
तिमीले अध्ययन गर्न त्यस्तो व्यक्ति छानेछांै
जसले समाजको पूरै अध्ययन गरी सकेकी छ
तिमी त्यसलाई काँडाले घोच्दै थियौं
जसको शरीर फलामले बनेको छ
तिमी त्यसलाई मृत्युको डर देखाउदै थियांै
जो सहर्ष खुकुरीको धारमा हिडिरहेकी छ
तिमी त्यसलाई धम्क्याउदै थियौं
जो कहिल्यै कसैसँग डराउदिँन ।

प्रिय मित्र
तिमी आफ्नो प्रेममा
विश्वास दिलाउने भरपूर प्रयास गथ्र्यौं
आफ्नो पूरै परिचय लुकाएर
झुटमाथि झुट थुपारेर
सायद् तिमीलाई थाहा थिएन
यसले प्रष्ट बुभ्mन सक्छ ।
यो पनि म बराबरकै म जस्तै मान्छे हो भनेर
मेरो मुकुण्डोभित्रको अनुहार
यसले हेरिसकी भनेर
यद्यपि म तिमीलाई
बारम्बार सम्झाउने गर्थें ।
हो पर्दा च्यातेकी छु मैले तिम्रो
नारीलाई आपूmभन्दा तल
नीरिह, कमजोर र खेलौनाका रुपमा मात्रै देख्ने
अरुको विश्वासको घाँटी रेट्ने
तिम्रो अहम्ता र बिचारको आज
मैले हत्या गरेकी छु ।। साहित्यकार तुलसी शर्मा, धनगढी

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo