KhabarUjyalo

अत्तरियाको दुर्गा मन्दिरमा बैतडीका हेमन्त बोहराले डडेल्धुराका कैनीको हत्या !

April 17, 2025
अत्तरियाको दुर्गा मन्दिरमा बैतडीका हेमन्त बोहराले डडेल्धुराका कैनीको हत्या !

धनगढी : कैलालीको गोदावरी नगरपालिका–१ को अत्तरिया दुर्गा मन्दीरमा मृत भेटिएका ३५ वर्षीय जगदीश कैनीको हत्या बैतडी डिलाशैनीका हेमन्त बोहराले हत्या गरेको प्रहरीले सार्वजनिक गरेको छ ।

डडेल्धुराको अमरगढी नगरपालिका–७ स्थायी घर भएका कैनीको हत्यामा संलग्न भएको आरोपमा बुधबार हेमन्त बोहरालाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका  प्रहरी प्रमुख डिएसपी गंगा बहादुर थापाले बताए।

खल्तीबाट ४ सय रुपैया चोरी भएको भन्दै मदिरा सेवनमा बोहराले डुङ्गाले मन्दीरमा सुतेका मृतक कैनीको टाउकोमा हिर्काएर टाउको फुटाएको र बेहोस भएका कैनीलाई घिसार्दै लगेर नयाँ मन्दिर तिर लगेर पुनः टाउकोमा ढुँगाले हिर्काएको प्रहरीले खुलासा गरेको छ ।

प्रहरीकाअनुसार बोहरा कैनीसँगै सडकपेटीमा बस्दै आएका थिए। उनी पुर्ब शसस्त्र प्रहरी हुन् ।  बोहराले घटनापछि धनगढीको एक होटलमा काम गरेको पनि खुलेको छ।

यस अगाडि कैनीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले माओवादीका पूर्व लडाकु समेत रहेका लामा थरमा पुरुषसहित तीन जना सडक पेटीमा बस्दै आएकाहरुलाई पक्राउ गरेको थियो।

२७ गते बिहान दुर्गा मन्दिर पछाडि कैनीको शव फेला परेको थियो।

[TheChamp-FB-Comments]

भर्खर

All Rights Reserved © Khabar Ujyalo