KhabarUjyalo

कैलाली प्रशासनद्वारा मिटर ब्याज पीडितलाई उजुरी दिन आग्रह

१६ बैशाख २०८०, शनिबार
कैलाली प्रशासनद्वारा मिटर ब्याज पीडितलाई उजुरी दिन आग्रह

धनगढी । मिटर ब्याज पीडितलाई उजुरी दिन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ। पिडितहरुलाई भोलि (आइतवार) १७ गतेदेखि ३१ गतेसम्म उजुरी दिन कैलाली प्रशासनले शुक्रवार सूचना निकालेर आग्रह गरेको हो।

कार्यालयको सहायता कक्षमा गई यही वैशाख १७ गतेबाट उजुरी दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। भए सम्मका सबुद प्रमाण संलग्न गरेर आवेदन दिन प्रशासन कार्यालयले आग्रह गरेको हो। जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको सहायता कक्षबाट निवेदन फारम निःशुल्क रुपमा उपलब्ध गराइने समेत उल्लेख गरिएको छ।

मिटरब्याजका कारण धेरै जनाको बिचल्ली भएको गुनासो र घटना दोहोरिन थालेको छ । सोही बिषयमा स्थानीय प्रशासनले ‘मिटरब्याजको आर्थिक अपराधमा संलग्न अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउन’ पीडितलाई छिटो उजुरी गर्न आह्वान गरेको हो ।मिटरब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि परिस्थितिको लाभ उठाउँदै गरेको शोषणको शृङ्खलाले सयौँ परिवारको बिचल्ली भएका छन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo