KhabarUjyalo

रवीका समर्थकले घण्टी बजाउदै देउवाको गृहजिल्लामा मनाए रवीको विजयउत्सव

१३ बैशाख २०८०, बुधबार
रवीका समर्थकले घण्टी बजाउदै देउवाको गृहजिल्लामा मनाए रवीको विजयउत्सव

डडेल्धुरा: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा रवि लामिछानेले जितेको खुसीयाली मनाइएको छ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थकले रवि लामिछानेको पक्षमा नाराबाजी र घण्टी बजाउदै सदरमुकामको बसपार्कदेखि तुफानडाँडासम्म मोटरसाइकलसहित र्‍याली निकालेका हुन् ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले फराकिलो मतान्तरसहित ५४ हजार १७६ मत ल्याएर विजयी भएका थिए।
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत पाए। नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपाने १० हजार ९३६ मतसहित तेस्रो स्थानमा रहेका छन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo